सरकारको श्वेतपत्रमा नेकपा नेता जनार्दन शर्माको आपत्ति

नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले आफूले नगरेको निर्णयमा नाम जोडेर प्रचार गरिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेता शर्माले नेपाल ट्रस्टको जग्गा हिनामिनामा आफू गृहमन्त्री हुँदा निर्णय भएको आशय लाग्ने गरी श्वेतपत्रमा नाम उल्लेख भएको भन्दै सरकारप्रति विश्वासको सङ्कट देखिएको टिप्पणी गर्नुभयो, सीआईएनमा खबर छ ।
सरकारले अस्ति जारी गरेको श्वेतपत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा भनी उल्लेख गरेको थियो ।
शर्माले श्वेतपत्रमा भएको कुरा जस्ताको तस्तै आउने भन्दै सरकारले श्वेतपत्र भन्दै जारी गरेको अश्वेतपत्र भएको टिप्पणी गर्नुभयो ।







