बाहिर हल्ला भएजस्तो बबन्डर नेकपा भित्र छैनः प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर हल्ला भएजस्तो बबन्डर पार्टी भित्र नरहेको दाबी गर्नु भएको छ ।
आज काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीलाई विघटन र विभाजन हुने अवस्था आउन नदिने धारणा राख्नुभयो । कहिलेकाहीँ विवाद भए पनि समस्याको समाधान गर्ने गरेको प्रचण्डको भनाई छ ।
कम्युनिस्ट पार्टीलाई दुश्मनले परास्त गर्न नसके पनि सत्तामा गएपछि आफैँ भ्रस्टाचारमा लिप्त हुने, कुशासनतिर जाने र अहङकार बढ्ने गरेकोले समस्या भइरहेको धारणा राख्नुभयो ।







