दुर्घटना गम्भिर घाइते भएका सीपी मैनालीलाई उपचारको लागि काठमाडौं लगियो

छहारी संवाददाता
फाल्गुन १५, २०७६

पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार दुर्घटना हुँदा मैनाली गम्भिर घाइते हुनु भएको छ ।

मैनाली र उहाँका परिवारका सदस्य चढेको कार आज दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

मैनालीलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । झापाबाट काठमाण्डौ जाने क्रममा बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको थियो ।

कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार दुर्घटनामा सीपी मैनालीको खुट्टा, निधार र अनुहारमा गम्भीर चोट लागेको छ । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ भने अरु सामान्य घाइते भएका छन्। मैनाली बाहेक अन्य घाइतेहरूको बर्दिवास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*