फ्रान्स पठाइदिने भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

छहारी संवाददाता
फाल्गुन १५, २०७६

फ्रान्स पठाइदिन्छु भनी तीन जनालाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।

फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलब हुन्छ भनी विभिन्न प्रलोभनमा पारेर तीन जनासंग नगद ३८ लाख ५० हजार लिइ सम्पर्क विहिन हुने ती महिलालाई महानगरिय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले पक्राउ गरेको हो ।

रुपन्देही दुधराज ५ घर भइ हाल काठमाडौंको तारकेश्वर नगारपालिका १९ मनमैजु बस्ने ४३ वर्षकी पूर्णिमा श्रीषलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

पीडित शीरबहादुर थापासहित ३ जनाले दिएको उजुरीका आधारमा महाशाखाको टोलीले श्रीषलाई मनमैजुबाट पक्राउ गरेको हो ।

श्रीषलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको एसपी जानकारी दिनुभयो। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*