चुरे संरक्षण र व्यवस्थापनमा सरकार अझ गम्भिर बन्ने

छहारी संवाददाता
फाल्गुन १५, २०७६

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर रहेकाले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्र्तगत सांसदहरूको जिज्ञासामा उहाँले चुरे दोहनको समस्या सम्बोधन गर्दै चुरे क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न सरकार लागिरहेको र थप मेहनतका साथ अघि बढ्ने स्पष्ट पार्नुभएको हो ।

सांसदहरूले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबनेको, अव्यवस्थित क्रसर उद्योगका कारण बालुवा र गिटी उत्खनन् गर्ने काम बढ्दै जाँदा समस्या देखिएको भन्दै चुरे दोहन र वन फडाँनी रोक्ने सम्बन्धमा सरकारको दीर्घकालिन योजना के ? भनेर प्रश्न गरेका थिए ।

मन्त्री बस्नेतले ग्रिन क्लाईमेट फण्ड अन्र्तगत चुरे संरक्षणका लागि चुरे क्षेत्रमा ४८ मिलियन अमेरिकी डलरको कार्यक्रम थप सञ्चालन गर्न लागिएको जानकारी गराउनुभयो ।

जलवायु परिर्वतन कोषबाट प्राप्त रकमलाई सरकारले चुरे क्षेत्र संरक्षणका लागि खर्च गर्न लागेको पनि उहाँले स्पष्ट पार्नुभयो । सीआईएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*