रेडपान्डाको छाला तस्करी गर्ने ४ जना पक्राउ

छहारी संवाददाता
फाल्गुन १३, २०७६

दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला सहित ४ जना पक्राउ परेका छन् । 

महानगरिय अनुसन्धान महाशाखाको टोलिले काठमाडौको कपन एरियाबाट रेडपान्डाको छाला सहित ४ जनालाइ पक्राउ गरि आज सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुली तिनपाटन बालाजोर घर भइ हाल कपन पैयुटार बस्ने ३९ वर्षका सुर्य बहादुर भुजेल, धादिङ धुनिवेशी नगरपालिका ७ घर भइ हाल ललितपुर ढोलाहिटी बस्ने ४० वर्षका सुक बहादुर लामा, कास्किको मादी गाउँपालिका ८ तारकाङ घर भइ हाल काठमाडौ गौशाला बस्ने ३७ वर्षका युवराज सापकोटा र काठमाडौ बुढानिलकण्ठ १३ कपन बस्ने ४० वर्षकि कमला तामाङ रहेका छन् । 

वन्यजन्तुको छाला तस्करी गर्ने गरेको विशेष सूचनाका आधारमा उनिहरुलाइ पक्राउ गरि खानतलासी गर्दा भुजेलको झोलाबाट एक थान रेडपान्डाको छाला बरामद भएको महाशाखाका प्रवक्ता एसपि मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।  

उनिहरुलाइ कार्वाहीको लागि जिल्ला वन कार्यालय हात्तिसारमा बुझाएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*