पुरानो गोरखगण: एकीकरण अभियान

नेपाली सेनाका उपरथी तथा कर्णेल कमाण्डाण्ट प्रभुराम शर्माले पुरानाे गाेरख गणका सेनाले गरेकाे एकीकरण अभियानलाई कहिल्यै भुल्न नसकिने बताउनुभएकाे छ ।
शनिबार पुरानो गोरखगणको २५७ औं बार्षिकोत्सव कार्यक्रममा बाेल्नुहुँदै गाेरख गणका सेनाले गरेको त्याग र समपर्णको उच्च कदर गर्दै शर्माले भन्नुभयाे-" नेपाली सेनाले गरेको एकीकरण अभियानलाई कहिले पनि भुल्न सकिँदैन ।"
बार्षिकोत्सवको उद्घाटन् गर्दै शर्माले नेपाली सेनाको वलिदानबाटनै आधुनिक नेपाल निर्माण भएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ -"गाेरख गणका सेनाले पहिलो र दोस्रो विश्वयुद्ध लडेको स्मरण अाज पनि ताजा छ ।"
पुरानाे गाेरख गणकाे ईतिहासलाई प्रष्ट पार्दै पुरानो गोरखगणका गणपति अनिल वुढाथोकीले कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्नुभएकाे थियाे ।
बार्षिकाेत्सवमा दिनभर विभीन्न खेल तथा सांस्कृतिक कार्यक्रम गरिनुका साथै विजयीहरुलाई पुरस्कार तथा ट्रफि वितरण गरिएको थियो ।
कार्यक्रममा कर्तव्य पालनाको शिलसिलामा घाइते तथा विरामी परिवारलाई सहयोग गरिएको छ । वीरगती प्राप्त सैनिक श्रीमती र परिवारलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा कर्णेल कमाण्डाण्ट प्रभुराम शर्मा, मध्यपृतना हेडक्वाटरका पृतनापति उपरथी ताराध्वज पाण्डे लगायतकाले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा नेपाली सेनाका विभीन्न गढका गढपतिहरु, पुतपूर्व सैनिकहरु, सैनीकका परिवारहरु लगायतकाको सहभागिता रहेको थियो ।
पृष्ठभूमिमा पुरानाे गाेरख गण
पुरानो गोरखगण नेपाली सेनाको सबभन्दा पुरानो गणमध्ये एक गण हो । याे विस १८१९ फागुन १० गते मकवानपुरगढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरखगण स्थापना गर्भएकाे थियाे ।
पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने बेला खस, मगर, गुरुङ र ठकुरी चार जातमात्र विश्वसिला हुन् भनी आफ्ना फौजमा यी जातिलाई नै भर्ती गर्ने गर्नुभएकाे थियाे । त्यसमा पनि मगर र गुरुङलाई विशेषस्थान दिँदै उहाँले राज्य एकीकरणमा मगरको पुरानो गोरखगण निर्माण गर्नुभएकाे थियो । राज्य एकीकरणमा यी फौजले प्रमुख भूमिका निभाएका भन्दै उक्त जातिलाई अाज पनि विशेष स्थान दिइन्छ ।
आधुनिक नेपालको उद्गमस्थल गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि सेनाको अपरिहार्यतालाई स्वीकार गरी सेनाको संस्थागत विकास सुरु गरेको देखिन्छ ।
नेपाल एकीकरणको सुरुमा सन् १७४४ मा नुवाकोट र मकवानपुर राज्य कब्जा गर्दा लडाईंमा सहभागी भएका मगरले बहादुरी, देशभक्ति तथा इमान्दारिता प्रदर्शन गरेका थिए । उक्त विजय अभियानमा मधु राना, जसु राना, नरवीर आले, सञ्जित थापालगायत धेरै मगर सैनिकले वीरगति प्राप्त गरेका थिए ।
यसरी मगरले पुर्याएको योगदानबाट प्रभावित भएर मकवानपुरगढी कब्जा गर्दा बरामद भएको हतियार तथा धनको सहयोगले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट गोरखनाथ बाबाको स्मृतिस्वरुप मगर जातिलाई मात्र भर्ना गर्ने गरी गोरख कम्पनी स्थापना भएको हो ।
विस १८४० पुस १६ मा रणबहादुर शाहले खडा गरेको अर्को कम्पनीको नाम पनि ‘गोरख’ नै जुरेकोले उक्त पल्टनलाई पुरानो गोरख पल्टन र नयाँ कम्पनीलाई नयाँ गोरख कम्पनी नामाकरण गरियो ।
विस २००९ सालको पुनर्गठनमा उक्त पल्टन परानो गोरखगणका रुपमा परिणत भयो । लामो इतिहास बोकेको गणमा स्थापनाकालदेखि हालसम्म मगर जातिलाई मात्र भर्ना गरिने गरिएको छ ।
नेपाल एकीकरणका सिलसिलामा पृथ्वीनारायण शाहको एकीकरण अभियानबाट त्रसित बनेका काठमाडौंका मल्ल राजा जयप्रकाश मल्लले तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीसँग सहायता मागेपछि मल्ल राजाहरुको पक्षमा गोर्खाली फौजसँग लड्न क्याप्टेन किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेज फौजलाई उक्त गण्समेत सम्मिलित फौजले सिन्धुली जिल्लाको सिन्धुलीगढीमा वीरतापूर्वक लडाईं लड्दा गोर्खाली फौजसँग केही नलाग्ने भएपछि क्याप्टेन किनलक आफ्नो बचेका फौजसहित भाग्न बाध्य भएको इतिहास छ ।







