बागमति प्रदेशका ४६ प्रहरी चाैकि निर्माणमा तिव्रता

सम्झना घिमिरे / दाेस्राे चाैमासिक सकिँदै गर्दा बागमति प्रदेश सरकारले प्रहरी चाैकिकाे भाैतिक संरचना निर्माणमा गत बर्षकाे तुलनामा यस बर्ष दाेब्बर सफलता हात पारेकाे छ ।
गत अार्थिक बर्षमा वागमति प्रदेशकाे सुरक्षा निकाय प्रहरी चाैकि र शसस्त्र प्रहरी चाैकि निर्माण कार्य हेतु १ अर्व १३ कराेड रकम विनियाेजन भएकाेमा १४ कराेड ११ लाख ९६ हजार रकम मात्र खर्च हुन सकेकाे थियाे भने करिव ९८ कराेड भन्दा बढि रकम फ्रिज हुन पुगेकाे थियाे ।
गत अार्थिक बर्षभरिमा करिव १३ प्रतिशत मात्र काम हुन सकेकाे थियाे भने यस अार्थिक बर्षकाे दाेस्राे चाैमासिक सम्ममा सम्वन्धित जिल्लाहरुमा करिव २३ प्रतिशत रकम विनियाेजन भईसकेकाे छ ।
सुरक्षा व्यवस्थालाई थप व्यवस्थित वनाउने उद्वेश्यले प्रदेश सरकार अान्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभरमा ४७ वटा प्रहरी चाैकिकाे भाैतिक संरचना निर्माणकाे कामलाई तिव्रता दिईरहेकाे छ । जसमा १२ लाख ९० हजार रुपैया वजेट अन्तर्गत रामेछापकाे चाेप्राङकाे प्रहरी चाैकि निर्माण कार्य भने जग्गा बिवादका कारण नहुने भएकाे मन्त्रालयले जनाएकाे छ ।
प्रहरी चाैकि अायाेजना तथा कार्यालयकाे निर्माण गर्न यस अार्थिक बर्षमा अान्तरिक मामिला तथा कानुन मन्त्रालयबाट ८२ कराेड ६५ लाख रुपैयाबाट २३ प्रतिशत रकम विनियाेजन गरिसकेकाे हाे ।
प्रदेश भरमा प्रहरी चाैकि संरचना निर्माण कार्यमा करिव ३० प्रतिशत काम सम्पन्न भईसकेकाे अान्तरिक मामिला तथा कानुन मन्त्रालयका सुरक्षा व्यवस्था शाखाका अधिकृत तथा सुचना अधिकारी ज्ञानदिप राईले जानकारि गराउनुभयाे ।
यस अार्थिक बर्षमा बागमति प्रदेशकाे काठमाण्डाै भक्तपुर र ललितपुर वाहेकका जिल्लाका लागि ८२ कराेड ६५ लाख रुपैया वजेट विनियाेजन भएकाेमा ६३ कराेड ४५ लाख ५ हजार रुपैया सम्वन्धित जिल्लाहरुमा अख्तियारि पठाईसकेकाे मन्त्रालयका लेखा अधिकृत रमा कार्किले जानकारि गराउनुभयाे ।
मन्त्रालयकाे अनुसार हालसम्ममा सिन्धुलिकाे ३ वटा अायाेजना मध्ये १ वटा ईलाका प्रहरी कार्यालय बस्तिपुर काे काम सम्पन्न भईसकेकाे र नुवाकाेट जिल्लाकाे ३ वटा अायाेजना मध्ये झिल्टुङ प्रहरी चाैकि र किमताङ प्रहरी चाैकिकाे भवन निर्माण सम्पन्न भईसकेकाे छ।
त्यस्तै मकवानपुरकाे ठिंगन प्रहरी चाैकि, रामेछापकाे चाेप्राङ, दाेलखाकाे भैसे र रसुवाकाे लाङटाङ प्रहरी चाैकिकाे भाैगाेलिक तथा जग्गा सम्वन्धि समस्याका कारण हालसम्म कुनै कार्य सुरु नै नभएकाे र अन्य ४० वटा प्रहरी चाैकि तथा ईलाका प्रहरी कार्यालयका काम भने करिव ३० प्रतिसत सम्पन्न भएकाे राइले जानकारि दिनुभयाे ।
यस वर्ष मकवानपुरमा ७ वटा प्रहरी चाैकि मध्ये ठिंगनमा काम सुरु नभएकाे र गत वर्ष नै ५ कराेड १६ लाख वजेट विनियाेजित भएकाे र करिव १ कराेड रकम मात्र खर्चिन सफल सशस्त्र प्रहरी चाैकि राताेमाटे सहित ५ वटा प्रहरी चाैकिमा करिव ४० प्रतिशत काम सम्पन्न भईसकेकाे छ ।
यस अार्थिक बर्षमा सम्पन्न गरिसक्नुपर्ने अायाेजनाहरु काभ्रेमा ८ वटा, मकवानपुरमा ७ वटा, चितवनमा ६ वटा, रामेछापमा ५ वटा, दाेलखामा ३ वटा, नुवाकाेटमा ३ वटा, धादिङमा ३ वटा, रसुवामा ४ वटा, सिन्धुपाल्चाेकमा ३ वटा सिन्धुलिमा ३ वटा रहेका छन ।







