गढि गाउपालिकाकाे श्रिकृष्ण प्रणामि मन्दिरमा भागवत ज्ञान महायज्ञ गरिने

मकवानपुरगढी गाउँपालिकाकाे एक मात्र श्री कृष्ण प्रणामी मन्दिर निर्मार्णाथ सहयोग जुटाउनका लागि श्रीमद्भागवत लगाईने भएको छ ।
करिब २ कराेड लागत अनुमान रहेकाे कृष्ण प्रणामी मन्दिर निर्माणार्थ हालसम्म गढि गाउपालिका कार्यालयबाट प्राप्त १७ लाख वजेट सहित करिव ४० लाख रकम लगानि गरिसकेकाे श्रिमदभागवत सप्ताह ज्ञान महायज्ञ मुल समाराेह समितिका सचिव देवि प्रसाद अधिकारिले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयाे ।
श्रिकृष्ण प्रणामि सेवा समिति नेपाल मन्दिर संचालक समिति मकवानपुरगढी–५ सुन्दरधाम सामरी, भागीरथी टोलले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा अायाेजना गर्न लागिएकाे महायज्ञमा फागुन ९ गतेदेखि सुरु हुनेछ । उक्त मन्दिर २०७२ सालकाे भुकम्पबाट पुर्ण क्षति भएकाे थियाे ।
श्रीमद्भागवतको पूर्व सन्ध्यामा फागुन ८ गते मन्दिर परिसरबाट मोटरसाइकल र्याली सुरु गरि शिखरकटेरी, चौघडा, हेटौंडा बजार परिक्रमा गर्दै पुनः सुन्दरधाम र्याली निकालिने भएकाे छ भने महायज्ञ उद्घाटन प्रतिनिधि सभासदस्य विराेध खतिवडाले गर्नुहुनेछ ।
नेपालकै प्रथम महिला भागवत वाचिका तारा घिमिरेद्वारा वाचन गर्ने भागवत महायज्ञमा १० हजार दान गर्ने दाताकाे नाम शिलालेख गरिने, ५० हजार दान गर्ने दातालाई भजन किर्तन सहित मन्दिर परिक्रमा गराइने तथा १ लाख दान गर्ने दाताकाे परिवारलाईनै भजन किर्तन सहित मन्दिर परिक्रमा गराइने आयोजकले जानकारी दिएको छ ।







