खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थः स्वास्थ्य मन्त्रालय 

छहारी संवाददाता
फाल्गुन ८, २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका सबै जना स्वस्थ रहेका छन् ।  

चीनको वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ ।

क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको ¥याल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो, सीआईएनमा खबर छ । उनीहरुको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

वुहानबाट उद्दार गरेर ल्याइएका १ सय ७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थि क्वारेन्टाइनमा लगिएको थियो । क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*