समृद्धिको अभियानमा अवरोध पुर्याउनेलाई परास्त गरिन्छः प्रधानमन्त्री ओली

छहारी संवाददाता
फाल्गुन ८, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिको यात्रामा अवरोध पुर्याउनेउनेलाई परास्त गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  

विकास निर्माण, वैदेशिक लगानी जस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने धारणा राख्नुभयो ।

७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढिरहे पनि बाधा हाल्ने काम भइरहेको बताउनु भएको हो ।

सरकारको विकासको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने प्रधानमन्त्रीको प्रतिवद्धता थियो । प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको धारणा राख्नुभयो, सीआईएनमा खबर छ ।  

यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको प्रधानमन्त्रीको भनाइ थियो ।  

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने र २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  यस लक्ष्य प्राप्त गर्नका लागि हामी हरेक क्षण सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*