सामाजिक सुरक्षा काेषमा पत्रकारहरु पनि समावेश हुनुपर्छ: मन्त्री जमकटेल

अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेलले सामाजिक सुरक्षामा पत्रकारहरु पनि समावेश हुनुपर्छ भन्नुभएकाे छ ।
सामाजिक सुरक्षा श्रमिककाे हित विरुद्द छैन भन्दै उहाँले हामिले खाेजेकाे भनेकाे सामाजिक विभेदकाे अन्त्य हाे, कम्युनिष्टले सुरुवात गरेका सामाजिक सुरक्षाले सामाजिक विभेदकाे अन्त्य गर्ने बताउनुभयाे ।
राष्ट्रिय समाचार समितिकाे ५९ अाैं बार्षिकाेत्सब कार्यक्रममा बाेल्नुहुँदै उहाँले राष्ट्रिय समाचार समिति संघिय निकाय अन्तर्गतकाे भएपनि प्रदेश सरकारले राससकाे कार्यालय व्यवस्थापन देखि अन्य अार्थिक तथा भाैतिक सहयाेग गर्ने विश्वास दिलाउनुभयाे ।
अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेलकाे प्रमुख अातिथ्यता तथा रासस बागमति प्रदेश कार्यालय प्रमुख सुरेश झाकाेअध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभासद मुनु सिग्देल , हेटाैडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पाैडेल लगायतकाकाे सहभागिता रहेकाे थियाे ।







