थाहा बर्ष सम्मान २०७६ बाँनियालाई

छहारी संवाददाता
फाल्गुन ७, २०७६

नवदुर्गा रेडियाे साउण्ड सर्भिसका संचालक अजय कुमार बाँनियालाई थाहा वर्ष सम्मान २०७६ बाट गरिएकाे छ ।

विन्दावासिनी मिडिया प्रा.लि.द्धारा सञ्चालित
वि.स. २०६४ साल देखि नियमित प्रसारण गरिरहेकाे रेडियाे थाहाले दुईदशक भन्दा वढि नवदुर्गा रेडियाे साउण्ड सर्भिस सेवा प्रदान गर्दै अाएका हेटाैडा ५ शान्तिनगर निवासि वानियालाई सम्मान गरेकाे हाे ।

रेडियाे थाहासंचार ९९.६ मेगाहर्ज एफएमकाे १२ अाै वार्षिकाेत्सव समाराेह २०७६ काे थाहा सम्मान तथा समापन समारेाह कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि मकवानपुर उधाेग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सरकारकाे विविध कर प्रणालिका कारण व्यवसायिक जीवन धरासायि भयकाे अवस्थामा पुगेकाे बताउनुभएकाे छ ।

अबका दिनमा उधाेग वाणिज्य संघलाई पत्रकारितालाई समेटेर अघि वढ्ने बताउनुहुँदै कटुवालले अबकाे एक वर्षभित्रमा उधाेग वाणिज्य संघ अरुकाे भर पर्नुपर्ने अवस्थाबाट हटेर सक्षम भई अघि वढ्न सक्ने भएकाे बताउनुभयाे ।

उहाँले रेडियोले समग्र क्षेत्रलाई समेटेर निष्पक्ष भई निरन्तर अघि बढ्न शुभकामना व्यक्त गर्नुहुँदै सञ्चार माध्यमले नै समाजलाई झकझकाउने र परिवर्तन गराउन भुमिका खेल्ने हुँदा सकारात्मक पाटोलाई प्राथमिकता दिइ अघि बढ्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमका सभाध्यक्ष रेडियोका सञ्चालक अरुणराज सुमार्गीले पत्रकारको हकहितको लागि कोषको स्थापना गर्ने योजना रहेको उद्घोष गर्नुभएको छ । उहाँले सो कोषमा सम्पूर्ण पत्रकारहरु आवद्ध हुन सक्ने बताउनु भएको छ । उहाँले कोषमा पत्रकारहरुलाई आवद्ध हुनको लागि समेत आग्रह गर्नुभएको छ ।

समापन कार्यक्रममा उद्योग संघ मकवानपुरका पुर्ब अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारु मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण अग्रवाल,महासचिव प्रमोदसिंह रानाभाट,क्रसर व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्की,वडा प्रहरी कार्यलयका प्रमुख ईश्वरी भण्डारी लगायत जिल्लाका विभिन्न सञ्चारगृहका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*