हेटाैडा क्याम्पसकाे बार्षिकाेत्सवकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा क्याम्पसको २९ औं वार्षिक उत्सवका अवसरमा मंगलबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपु्रको सहयोगमा आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जना विद्यार्थीहरुले रक्तदान गरेका थिए ।
विभिन्न दुर्घटनामा परेका मानिसहरुलाई रगत अभाव नहोस भन्ने भावनाका साथ रक्तदानको आयोजना गरीएको कार्यक्रम संयोजक मनोज पोखरेलले बताउनुभयो ।







