नेबिसंघमा युवाकाे मात्र नेतृत्व हुनुपर्ने :नेविसंघ महामन्त्री दहाल

छहारी संवाददाता
फाल्गुन ७, २०७६

नेपाल विधार्थि संघका केन्द्रीय महामन्त्री प्रभात कुमार दहालले नेपाल विद्यार्थी संघको नेतृत्व ३२ वर्ष भन्दा कम उमेरका वद्यार्थीहरुले पाउनुपर्ने बताउनुभएकाे छ ।

जिपी कोईराला फाउन्डेसन मकवानपुरको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघका केन्द्रिय नव नियुक्त महामन्त्री दहालले अबकाे विधार्थी संघमा युवा वर्गलाई समेटेर अघि बढ्न ३२ बर्ष भन्दा कम उमेरका बिधार्थिले पाउनुपर्ने बताउनुभएकाे हाे ।

जिपी कोईराला फाउन्डेसन मकवानपुरका अध्यक्षको नारायण तिमल्सिनाकाे सभाध्यक्षतामा भएकाे कार्यक्रम कार्यक्रममा बोल्दै नव नियुक्त महामन्त्री दहालले अबको स्ववियु निर्वाचन मार्फत नेपाल विद्यार्थी संघ देशकै ठुलो विद्यार्थी संगठन बन्ने समेत दाबी गर्नुभयो ।

कार्यक्रममा जिपी कोईराला फाउन्डेसन बागमती प्रदेशकी संयोजक रिता खनाल, नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु प्रसाद लामिछाने ,जिपी कोईराला फाउन्डेसन मकवानपुर क्षेत्र नम्बर १ का संयोजक भिमसेन महत लगाएतको उपस्थिती थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*