दारि समुहले बिधार्थिलाई स्टेशनरि सामान सहयाेग गरि स्थापना दिवस मनायाे

दारी समूह मकवानपुर हेटाैंडाले मकवानपुरगढी गाउँपालीकामा रहेकाे ज्वालादेवी अाभारभूत विद्यालयमा अध्ययनरत ५ जना छात्रछात्राहरुलाई स्टेशनरी सामान वितरण गरेकाे छ ।
अाफ्नाे चाैथाे वार्षिकाेत्सवकाे अवसरमा अाज विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरि मनाएकाे हाे ।
कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने ५ बालबालिकालाई अावश्यक पर्ने स्कुल ब्याग,कपी कलम लगायत अन्य शैक्षिक सामग्री बितरण गरिएकाे दारि ग्याङका सदस्य अजित खड्काले जानकारि गराउनुभयाे ।
हरेक वर्ष अाफ्नाे स्थापना दिवशकाे अवसरमा दारी समुहले विद्यार्थीलाई सहयाेग गर्दै अाएकाे छ । अजित खड्काकाे संयाेजकत्वमा भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिव प्रसाद लामिछाने, दारी समूहका सिताराम पुडासैनी,जगनाथ दुलाल, विकास शर्मा, सुरज भटराई, उत्सव दाहाल,मनाेज श्रेष्ठ लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।







