वडा बालअधिकार समिति गठन एवम् क्षमता विकास कार्यक्रम सम्पन्न

मकवानपुर जिल्लालाई एक बर्ष भित्र बालमैत्रि स्थानिय शासन तथा सन् २०२२ सम्ममा नेपालले बालमैत्री राष्ट्र घाेषणा गर्ने कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नं ६ ले अाज वडा बालअधिकार समिति गठन एवम् क्षमता विकास कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाउँपालिका सदस्य चिनिमायाँ रुम्वाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६ नं वडा समिति अध्यक्ष टीकाप्रसाद दाहलकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
सामुदायीक विकास केन्द्र नेपाल सिसिडियनकाे अायाेजनामा तथा प्लान ईन्टरनेश्नल नेपालकाे सहयाेगमा सम्पन्न कार्यक्रमलाई मकवानपुर गढी गाउँपालिकाले समन्वय गरेकाे हाे ।
भेलाले वडा अध्यक्ष टिकाप्रसाद दहालकाे अध्यक्षतामा १३ सदसीय वडा बालअधिकार समिति र ५ सदसीय सल्लाहकार समिति गठन गरेकाे छ ।
सदस्यहरुमा गाउपालिका सदस्य चिनिमाया रुम्वा, सुनिता लुङ्वा,सुनिल गाैतम, कृष्ण प्रसाद हुमगाई, नकुल प्रसाद चाेैलागाई लगायत शिक्षा स्वास्थ्य, महिला, बालबालिका सबै क्षेत्रकाे प्रतिनिधित्व हुनेगरी समेटेर छनाैट भएका हुन् ।
सल्लाहकार समितिमा भने वडा नं ६ मा रहेका सबै टाेलबिकास समितिका अध्यक्षहरु रहनेगरी मनाेनयन गरिएकाे हाे ।
जस अन्तर्गत बद्री दाहाल, नर बहादुर स्याङ्तान, भीम प्रसाद दाहाल,दील प्रसाद ढकाल, र रामबहादुर लाे रहनुभएकाे छ ।
गाउँपालिका बालबालिका तथा महिला विकास शाखाकी मन्दिरा थापाले सञ्चालन गर्नुभएकाे कार्यक्रममा सिसिडियनका तर्फबाट सामाजिक विकास परिचालक राजेन्द्र सिन्तानकाे उपस्थिति रहेकाे थियाे







