सुन काण्डकी गोरेकी श्रीमती हाजिर भएकै दिन धराैटिमा रिहा

३८ क्विन्टल सुन तस्करी प्रकरणमा फरार रहेका गोरेकी श्रीमतीसहित चार जना हाजिर गरेकै दिन धराैटिमा रिहा भएका छन् ।
नर्वदा अर्थात गाेरे( चुणामणि उप्रेती )कि श्रीमती , बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारीसहित चारजना धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत मोरङले बताएको छ ।
साेहि काण्डमा मुछिएका ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा दायर भएको मुद्दामा अझै १९ जना फरार नै रहेका छन ।
जिल्ला अदालत मोरङले म्याद तामेली नभएका फरार १९ जनाको नाममा ३५ दिन भित्र हाजिर हुने गरी सूचना जारी गरेको छ ।







