जिपलाईनमा मकवानपुर गढि घुम्नुस सरर

बागमति प्रदेशकाे राजधानि हेटाैंडाबाट करिब १५ किलाेमिटर पुर्व कान्तिलाेकपथ नजिक पर्ने मकवानपुरगढि गाउँपालिका २ ताप्लाखर्कमा जिपलाईन संचालनमा ल्याईएकाे छ ।
भ्रमण वर्ष -२०२० लक्षित गरि मकवानपुर जिल्लामा नै पहिलो पटक जीपलाईन संचालनमा ल्याईएकाे हुँदा यसले जिल्लाकाे पर्यटकिय विकासमा थप टेवा पुग्ने गढि गाउँपालिका अध्यक्ष बिदुर हुँमगाईंले बताउनुभयाे ।
करिव १५ कराेड लगानिमा निर्माण भएकाे जीपलाईन लगायत होटल गढी भ्यु एण्ड रिसोर्ट, १७ वटा डिलक्स कोठा सहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल सहित निर्माण हुन लागेको रिसोर्टमा टेन्टमा सुत्ने व्यवस्था, डिजे पार्टी, शुक्रबार मगर तामाङ समुदायको कल्चर देखाउने, बच्चालाई मिनी जिपलाइन जस्ता संरचनाहरु भने याे अार्थिक बर्षमा सम्पन्न गरिसक्ने सञ्चालक रविकुमार श्रेष्ठले जानकारि गराउनुभयाे ।
चितवन, बारा,पर्सा र रौतहट सहित छिमेकी राष्ट्र भारतका पर्यटकको लागि आकर्षकको केन्द्रविन्दु रहनसक्ने १ किलोमिटरको रहेको जीपलाईनमा सिंघल, डवल सुपरम्यान खेल्न सकिने व्यवस्था रहेको छ । दश जनाको सयुक्त लगानीमा निर्माण गरिएको उक्त समुहले यस अघि काभ्रेमा पनि सञ्चालन सुरु गरिसकेको छ ।
उक्त स्थानमा जिपलाईन सहित बेलुका क्याम्प फायरको पनि व्यवस्था रहने र जिपलाइनमा मनाेरञ्जन लिन चाहनेहरुका लागि फागुन महिनाभर २० प्रतिशत छुट रहने छ । जिपलाईन खेल्न प्रति व्यक्ति सिंगलकाे २ हजार, डबलको ३ हजार पाँच सय, र सुपरम्यानको ३ हजार तिरेर मज्जाले मनाेरञ्जन लिन सकिने संचालक टिमले जानकारि गराएका छन ।
कार्यक्रममा मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा ३ का अध्यक्ष भागवत घिमिरे, सञ्चालक दीलिप घिमिरे, सञ्चारकर्मी तथा जिपलाईन पारखीहरुको उपस्थिती रहेको थियो ।







