मकवानपुर जिल्ला बागमति प्रदेशकाे उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल वन्ने :मुख्यमन्त्री पाैडेल

बागमति प्रदेशकाे उत्कृष्ट पर्यटकिय क्षेत्रकाे रुपमा मकवानपुर जिल्ला हुने बागमति प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले बताउनुभएकाे छ ।
अाजदेखि सुरु भएकाे १००८ स्वर्णिम श्रीमद् भागवत भक्ती सत्संग अनुष्ठानमा बाेल्नुहुँदै उहाँले लाेपाेन्मुख जातिकाे सालककाे संरक्षण गर्नसक्याै भने विश्वव्यापि रुपमा महत्वकाे विषय बन्नसक्ने हुँदा सालक पार्ककाे क्षेत्र विस्तार गर्न जरुरि छ भन्नुभयाे ।
विश्वको लोपोन्मुख सुचीमा सुचिकृत प्रजाती सालकको संरक्षण संरक्षण र पार्कको प्रवद्र्धनका लागि भएकाे अनुस्ठानकाे उद्घाटन गर्दै मुख्यमन्त्री पाैडेलले सालक पार्क मात्र नभै मकवानपुर जिल्लाकै क्षेत्रलाई पर्यटिकय क्षेत्रकाे रुपमा विकास गराउने जिम्मा अाफुले लिने बताउनुभयाे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले नेपाली धर्म संस्कृतिले हाम्राे पहिचानलाई वचाईरहेकेा बताउनुहुँदै समाजमा हामिलाई अनुशासित ढंगले जिउन समेत हाम्राे धर्म संस्कृतिले सहयाेग गर्ने बताउनुभयाे ।
उहाँले कार्यक्रममा समाज परिवर्तनमा सकारात्मक भुमिका अहम हुनै बताउँदै भन्नुभयाे -"हाम्राे धर्म संस्कृतिकाे नाममा अाडम्वर देखायर समाजमा विखण्डनता पैदा गर्ने तत्त्वलाई वहिस्कार गर्नुपर्छ । "
अनुष्ठानका मुल समितिका संयोजक तथा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुन दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १७ वडा अध्यक्ष भैरव राई, वरिष्ठ अधिवक्ता घनप्रसाद गौतम, स्वामी आनन्द सागर, महायज्ञका उपाध्यक्ष कल्पना पराजुली लगायतकाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय विभुषित नारी रत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख बाचकको रुपमा रहनुभएकाे अनुष्ठानले सालक पार्कलाई पर्यटक स्थल बनाउन पार्क परिसरमा ज्योती लिङ्ग स्थापना समेत गरिने बताइएको छ ।







