भिटिएस प्रणालिले आर्थिक पारदर्शिता ल्याउँछ- राजश्व प्रमुख बिसि

भिसिटिए मार्फत कारोबार गर्दा राजश्व चुहावट रोक्न सहज हुने राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले बताउनुहँदै उहाँले व्यवसायिक पारदर्शितामा यसको महत्वपुर्ण भुमिका रहने बताउनुभएकाे छ ।
हेटौंडाका व्यवासायीहरुलाई भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली (भिसिटिएस) बारे सहजीकरण गर्दै उहाँले भिसीटिएसका बिबिध पक्षबारे स्पष्ट पार्नुभएको थियो ।
मकवानपुर उद्योग वाणिज्य सँघको आयोजनामा भएको कार्यक्रममा व्यवसायिक प्रयोजनका लागि मालबस्तु ओसारपसार गर्दा प्रयोग हुने सवारी साधन, बिल बिजक तथा प्रज्ञापन पत्र लगायतका कागजातहरुको अनलाइनमार्फत अनुगमन गर्ने हुनाले हराउने तथा च्यातिन डर समेत नहुने कुरा स्पस्ट पार्नुभएकाे थियाे ।
मालबस्तु ओसारपसार गर्दा आयातकर्ता तथा निर्यातकर्ता उद्योगि, थोक बिक्रेता तथा बितरकले भिसिटिएस मार्फत गर्नुपर्ने नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख गरिएको थियो । भिसिटिएस मार्फत मालबस्तु ओसारपसार नगर्ने कारोबारीलाई पहिलो पटक ५० हजार, दोस्रो पटक १ लाखसम्म जरिवाना गर्ने प्राबधान छ ।







