स्थानिय सरकारले भाैतिक संरचना अपाङ्गमैत्रि बनाएनन्

स्थानिय सरकारले भाैतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्रि नबनाएकाे बागमति प्रदेशका अपाङ्ग सराेकारवालाहरुले अाराेप लगाएका छन ।
सरकारले भाैतिक संरचना निर्माण गर्दा स्पष्ट कानुनि रुपमा अपाङगमैत्री बनाउन मापदण्ड तोकिदिएकाे भएपनि स्थानिय सरकार भाैतिक संरचना निर्माणको समयमा बजेट नपुग्ने भन्दै पन्छिएको उनीहरुको आरोप छ ।
सरकारले भाैतिक संरचना निर्माण गर्दा अपाङ्ता भएकाहरुकाे समस्यालाई मध्यनजर नगरेकाे उनिहरुले गुनासाे समेत व्यक्त गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि रमा ढकालले कार्यक्रमलाई सम्वाेधन गर्दै सरकारी संरचना निर्माणमा विशेष नीति नियम वनेकाे त छ तर कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएकाे छ ।
उहाँले कार्यक्रममा भाैतिक संरचना निर्माणमा सुरु देखि नै अपांग मैत्रि वनाउने तर्फ प्राविधिक पक्षले ध्यान दिनुपर्ने बताउनुहुँदै भन्नुहुन्छ-" सरकारले याेजना निर्माण गर्दा विभिन्न किसिमका अपांगहरुलाई ध्यानमा राखेर वनाईदिनुस र प्राविधिक पक्षसँग समन्वय गरिदिनुस यति मेराे अाग्रह छ ।"
अाज हेटौंडामा अपाङग महासँघ बागमती प्रदेश तथा ग्रामीण जागरण तथा बिकास संगठन नेपालको संयुक्त आयोजनामा भएको लैङ्िगक रुपान्तरण अपाङ्गता र समावेशिपुर्ण सरसफाई बिषयक छलफल कार्यक्रमका सहभागिहरुले सरकारले अपाङगताको क्षेत्रमा विभिन्न कार्यक्रम तथा योजना निर्माण गरेपनि भौतिक निर्माणका सवालमा भने अपाङगमैत्री बनाउन चासो नदिदाँ दैनिक जीवनयापन गर्न नै कठिनाइ व्याेहाेर्नु परिरहेकाे गुनासाे उनिहरुकाे रहेकाे छ ।
राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय उपाध्यक्ष रमा ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वागमति प्रदेशसभा सदस्य भिमसेन खत्रि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वागमति प्रदेश अध्यक्ष अस्मिन लम्साल, जिल्ला अध्यक्ष खोमराज शर्मा लगायत बागमति प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरुकाे सहभागिता थियो ।







