पार्किङ स्थल बिनाकाे घरकाे नक्सा पास नगर्ने : उपप्रमुख लामा

छहारी संवाददाता
फाल्गुन २, २०७६

बागमति प्रदेशकाे राजधानि हेटाैडामा सवारि साधनकाे वढ्दाे चापकाे प्रमुख कारण नीजि सवारी साधन रहेकाे बताउनुहुँदै हेटाैडा उपमहानगरपालिका उपप्रमुख मिना लामाले अागामि दिनमा पार्किङ स्थल सहितकाे घरकाे नक्सा मात्र पास गर्ने बताउनुभएकाे छ ।

अाज हेटाैंडामा अायाेजित विन्दवासिनी मिडिया प्रा.लि.द्धारा संचालित रेडियो थाहा संचार ९९.६ एफएमले १२ औं वार्षिकोत्सवको अवसरमा भएकाे पार्किङ व्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रमका बाेल्नुहुँदै लामाले हेटौंडाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नुमा एक मात्र जिम्मेवार नभई सबैको कमिकमजोरीका कारण यो समस्या उत्पन्न भएको बताउनुहँदै व्यक्तिकाे निजि विलासिताका कारण एक पाईला हिड्न नखाेज्नु र भरसक सार्वजनिक जमिन नै निजि रुपमा प्रयाेग गर्न खाेज्ने प्रवृतिका कारण पार्किङ व्यवस्थापन गर्न कठिनाई उत्पन्न भएकाे उहाँकाे जिकिर थियाे ।
मानिसकाे जथाभावि बाटाे काट्ने वानिले गर्दा समेत विभिन्न दुर्घटना हुने गरेकाे बताउदै उहाँ भन्नुहुन्छ -" हामी सबैमा हत्तार गर्ने बानीको अन्त्य हुन जरुरी रहेको र जेब्रा क्रसिङबाट बाटो काट्नुपर्ने र जेब्रा क्रसिङमा सवारी साधनहरु रोक्नुपर्ने बानीको विकास हुनुपर्छ ।"

यसैगरी, वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलले बागमति प्रदेशकाे राजधानी त भयाे तर सरकारले वाटाे विस्तारमा ध्यान नदिएकाे प्रति खेद प्रकट गर्नुभएकाे छ ।

भएसँगै सवारी साधनको चापमा झनै वृद्धि भएको भन्दै सडक ऐनअनुसार नै बाटो विस्तार हुने भएकोले व्यक्तिगत स्वार्थका लागि भ्रम सृजना गर्नका लागि आग्रह गरेका छन् ।

ऐनमा पुर्व पश्चिम राजमार्ग २५ मिटर नै भत्काउने भनी निर्णय भएकाेले साेहि अनुरुप तत्काल काम गरे पार्किङ व्यवस्थापन कार्यमा समस्या सिर्जना नहुने बताउनुभयाे ।

ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले ट्राफिक व्यवस्थापन गर्न नसक्नुकाे प्रमुख कारण आवश्यक साधन, स्रोत, जनशक्ति नै नहुनु भन्नुभयाे ।

थाहा रेडियो संचारका संचालक अरुणराज सुमार्गीको सभाध्यक्षतामा भएकाे कार्यक्रममा मकवानपुर उधाेग वाणिज्य संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष माधव न्याैपाने, उपभाेक्ता हित संरक्षण मञ्चका मकवानपुर अध्यक्ष बासु खतिवडा, १० नं वडाध्यक्ष किताबसिं लामा, ४ नं वडाध्यक्ष नवीन सिग्देल, ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकाल नारायणि यातायात व्यवसायि संघका पुर्व अध्यक्ष वद्रि प्रसाद चाैलागाइ लगायत करिव ३०/४० जनाकाे सहभागिता रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*