चितुवाको छाला र भालुको पित्त सहित २ जना पक्राउ (तस्विर)

छहारी संवाददाता
फाल्गुन १, २०७६

अपराध अनुसन्धान महाशाखा टेकुले काठमाडौंको तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट २ जनालाई पक्राउ गरेको छ ।

अवैध वन्यजन्तु चितवाको छाला र भालुको पित्तको अवैध कारोबार भइरहेको भन्ने विषेश सूचनाको आधारमा नुवाकोट बेलकोट नगरपालिका ११ मजुवाका २५ वर्षका विकास तामाङ र ककनी गाउपालिका ४ निगालेका २१ वर्षका सुवास लामालाई पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी मुकेश कुमार सिंहले जानकार दिनुभयो ।

बिक्री गर्ने मनसायले हिडिरहेका उनिहरुलाई खान तलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त एक थान बरामद भएको एसपी सिंहले बताउनुभयो । थप अनुसन्धान भइरहेको र प्रमाणित भए उनिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संररक्षण ऐन २०२९ अन्तरगत कार्वाही हुने सिंहले बताउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*