कलैया ५ का वडा अध्यक्ष मण्डलको सम्झनामा श्रद्धाञ्जली सभा

छहारी संवाददाता
माघ २७, २०७६

नेकपा नगर कमिटी कलैयाले कलैया उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामअयोध्या मण्डलको १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

नेकपा बारा जिल्ला इन्चार्ज बलबिर चौधरीको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभामा प्रदेश सभासद् ज्वाला शाह, प्रदेश सभासद् महमद समिर,नेकपा बाराका अध्यक्ष क्षेत्र बहशादुर श्रेष्ठ,  कलैया उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरिनारायण बेलबोस, वडा नम्बर ५ का कार्यबहाक अध्यक्ष पुरुषोत्तम लामा, वडा नम्बर ६ अध्यक्ष गम्भिय शाह, नेपाल रेडक्रस सोसाइटी बाराका कार्यालय प्रमुख उदय नेपाल लगायतको उपस्थिती रहेको थियो । 

लामो समयदेखि कलेजोको क्यान्सरबाट पिडित मण्डको यहि माघ १३ गते निधन भएको हो । उहाँका पत्नी, चार छोरी र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*