यौन दुव्र्यवहारको आरोपमा एक जना पक्राउ

छहारी संवाददाता
माघ २७, २०७६

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुर्नस्थापना केन्द्रमा रहेकी एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले एक जनालाई पक्राउ गरेको छ ।

यौन दुर्व्यवहारको आरोपमा केन्द्रका सुरक्षा गार्ड नुवाकोटको बेलकोटगढी नगरपालिका १२ का २५ वर्षका विशाल भन्ने रमेश प्रसाद वाग्लेलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।  

उपचारका लागि राखिएकी ति महिललाई यौन दुर्व्यवहार गरेको भनी आएको गोप्य सूचनाका आधारमा वाग्लेलाई पक्राउ गरी अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

पिडित महिलालाई विभिन्न बहाना बनाई एकान्तमा बोलाएर वाग्लेले अश्लील हर्कत गरेको बुझिएको छ । वाग्लेले पुर्नस्थापना केन्द्रमा सुरक्षा गार्ड लगायत व्यवस्थापनको समेत जिम्मेवारी सम्हाल्दै आएक थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*