नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मति गाउँ परिषद सम्पन्न

छहारी संवाददाता
माघ २६, २०७६

नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्मति गाउँ समितिको अायोजनामा संगठनको दोश्रो गाउँ परिषद बाग्मति गाउपालिकाकाे बेतिनिमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संगठनका जिल्ला समिति अध्यक्ष श्रिराम दहालले परिषदलाई सम्बोधन गर्दै संगठनको ५ महिने संगठन सुदृढीकरण अभियान संचालन गर्नुपर्ने बताउनुहुँदै उहाँले शिक्षक संगठन निर्माण र बिस्तारमा स्थानिय कमिटिको भुमिका महत्वपुर्ण हुने बताउनुभयाे ।

संगठन प्रचार बिभाग प्रमुख सुनिल गाैतमले शिक्षकका बर्तमान समस्याहरुलाई संगठनले सम्वाेधन गर्ने र त्यसको समाधान बिषयमा उल्लेख्य भुमिका निर्वाह गर्ने बताउनुभयाे ।

संगठन जिल्ला समिति अध्यक्ष श्रीराम दहालको प्रमुख अातिथ्यतामा तथा संगठन बाग्मति अध्यक्ष चन्द्र बहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा संगठन जिल्ला सल्लाहकार एबम नेपाल शिक्षक महासंघ मकवानपुरकी उपाध्यक्ष लक्ष्मी चाैलागाई, संगठन जिल्ला कोषाध्यक्ष जय प्रसाद पोख्रेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा, शिक्षक साकोसका अध्यक्ष सिताराम दहाल, संगठन नगर अध्यक्ष मकुन्द न्याैपाने,गढि गाउपालिका अध्यक्ष शिव प्रसाद लामिछाने, नगर सदस्य मनराज धलान, पुर्ब जिल्ला सहकोषाध्यक्ष शान्ति राई, पुर्ब जिल्ला सदस्य खड्ग बहादुर पुलामिको उपस्थिति रहेको थियो ।

विश्राम सिंजालिले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा गाउँ समिति सचिब बिजय गोलेले संगठनको प्रगति प्रतिबेदन प्रस्तुति गर्नु भएको थियाे । परिषदले बिगत एक बर्षको संगठनको कामको समीक्षा गर्नुको साथै अागामि बर्षको कार्ययोजना समेत पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*