निबन्ध लेखनमा बालबोध माविकि भुजेल प्रथम

छहारी संवाददाता
माघ २५, २०७६

"मेराे अभिभावक" बिषयक निबन्ध लेखन प्रतियाेगितामा
बालबोध माविकी साक्षी भुजेल प्रथम भएकि छन् ।

अाज शुक्रवार हेटौँडा उपमहानगरपालिकाकाे साविक जनप्रिय स्रोत केन्द्रले राजदेवी मावि , गुवाबारीमा आधारभूत तह( ६-८ ) स्तरिय प्रतियोगितामा कमला आधारभूत विद्यालयकी एलिसा बोलखे द्वितीय , जनप्रिय माविकी रश्मि बलामी तृतीय र मकवानपुर बाल विद्या सदनकी प्रश्ना गुरुङ सान्त्वना भएकी छिन् ।

१२ विद्यालयका अठार जना प्रतियोगीले भाग लिएको उक्त प्रतियोगितामा निर्णायकहरू साहित्यकार सुवास खनाल र पत्रकार सुनिल गौतमले निर्णायक भुमिका निर्वाह गर्नुभएकाे थियाे ।

प्रतियाेगितामा पुरस्कृत हुने प्रथम ,द्वितीय ,तृतिय र सान्त्वनालाई क्रमश :१५००, १२००, १००० ,८०० नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

राजदेवि माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज धमलाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा ज्योति माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, राजदेवी माविका अभिभावक सङ्घका अध्यक्ष चोपलाल धमला र प्रधानाध्यापक सानुकाजी पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*