समाजमा उल्लेख्य काम गर्ने संचारमाध्यमलाई पुरस्कृत गरिने : मुख्यमन्त्री पाैडेल

बागमति प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले सञ्चार माध्यम प्रति प्रदेश सरकार संवेदनशिल रहेको भन्दै अागामि बर्षदेखि सामुदायिक रेडियाे मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन उल्लेख्य भुमिका निर्वाह गर्ने सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने बताउनुभएकाे छ ।
"हामिले गरेका राम्राे कामकाे राम्राे प्रतिक्रिया दिनुस नराम्राे कामकाे पनि राम्रैसँग अालाेचना गर्नुस" तर सत्यतथ्य मात्र वाेलिनुस भन्दै उहाँले सञ्चारमाध्यमले हरेक कुरालाई नकारात्मक कुरा मात्र प्रचारप्रसार नगर्नुस भन्दै अाग्रह गर्नुभएकाे छ ।
अाज हेटाैडामा ९ अाैं विश्व रेडियाे दिवसकाे उपलक्ष्यमा अायाेजित रेडियाे र विविधता बिषयक अन्तर्किया कार्यक्रममा वाेल्दै उहाँले सामाुदायिक रेडियाे नहुने हाे भने जनता सुसुचित हुने थियनन त्यसैले जनतामा राम्राे सन्देश जाने काम संचारकर्मिले गर्नुपर्छ ।
वागमति प्रदेशका जनता अति भाग्यमानि छन
विगतमा २५० वर्षकाे सरकारले समेत गर्न नसकेका काम २ वर्षकाे प्रदेश सरकारले गरिरहेका छाै भन्दै मुख्यमन्त्री पाैडेलले बागमति प्रदेशका जनता अति भाग्यमानि भएकाे बताउनुभएकाे छ ।
कार्यक्रममा बनाेल्नुहुँदै उहाँले भन्नुभयाे -" हामिले हरेक कुना कुनामा विकासका कार्य सुरु गरिसकेका छाै,
अबकाे एक बर्षभित्र जनताले प्रत्यक्ष देख्न सक्ने काम हामी गर्नेछाै ।"
मन्त्री पाैडेलले सरकारकाे एउटै साझा उद्देश्य समृद्व नेपाल सुखि नेपालीकाे सपना पूरा गर्न देश सरकार परिवर्तनका लागि साझा अभ्यास हाम्राे हुनुपर्छ भन्नुभएकाे छ ।
उहाँले हामिले समाजमा तुरुन्त अामुल परिवर्तन खाेज्छाै तर अाफुलाइ भने परिवर्तन गर्न खाेज्दैनाै भन्दै अाफुलाई नयाँ कार्यशैलि अनुसार परिवर्तन गर्दै जान अाग्रह गर्नुभएकाे छ ।
सामुदाियिक रेेडियाे प्रसारक संघ बागमति प्रदेशकाे अायाेजनामा भएकाे कार्यक्रममा बागमति प्रदेश अध्यक्ष कृष्णहरि घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्ल, जिल्ला समन्वय समित मकवानपुर प्रमुख रघुनाथ खुलाल, जिसस उपप्रमुख भगवती पुडासैनि, हेटाैडा उपमहानगरपालिका उपप्रमुख मिना लामा, प्रेस रजिस्टार रेवति सापकाेटा लगायतकाकाे सहभागिता रहेकाे थियाे ।
,







