नेपालमा २३ प्रतिशत नागरिकलाई फोक्सोको क्यान्सर 

छहारी संवाददाता
माघ २२, २०७६

नेपालमा २३ प्रतिशत नागरिकलाई फोक्सोको क्यान्सर भएको पाइएको छ । क्यान्सर रोगको समयमै पहिचान गरि उपचार गरेमा ३० देखि ५० प्रतिशत रोकथाम गर्न सकिने स्वास्थ्य सेवा विभागले जनाएको हो ।

समयमै क्यान्सर रोगको पहिचान गरि उपचार गरी खानपान जीवनशैली सकारात्मक परिवर्तन गर्न सकेमा निको हुन सक्ने विभागका महानिर्देशक डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो । महिलामा पाठेघरको क्यान्सर १७ प्रतिशत र स्तन क्यान्सर १५ प्रतिशतलाई लाग्ने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा नयाँ क्यान्सरका बिरामी २६ हजार एक सय ८४ जना भेटिने गरेका छन् । त्यसमा पनि १९ हजार चार सय १३ जना क्यान्सर रोगीको मृत्यु हुने गर्छ । क्यान्सरको समयमै पहिचान गरेर उपचार गर्ने र खानपान दैनिक जीवनशैलीलाई ध्यान दिएको खण्डमा निको हुनसक्ने डाक्टर पोखरेलले बताउनुभयो ।

एसियाका नेपाल लगायत अल्पविकसित मुलुकमा समयमै क्यान्सर रोगको पहिचान भई उपचार हुने रोगीको संख्या ६० प्रतिशत रहेको छ । त्यस्तै शरीरका कलेजो, पेट, घाँटी, अण्डाशय लगायतका अंगमा क्यान्सर लाग्नेको संख्या ४५ प्रतिशत रहेको छ ।

नेपालमा क्यान्सर रोगका कारण बिरामीको मृत्यु हुनुको मुख्य कारण अन्तिम समयमा उपचार गर्न आइपुग्ने प्रवृत्ति दोषी भएको डाक्टर पोखरेलको भनाइ छ । क्यान्सर रोगको उपचार पनि सर्वसाधारण जनताको पहुँचमा पुग्न नसकेको उहाँले बताउनुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*