बागमति खेलकुद परिषदका अध्यक्ष तथा सदस्यले लिए नियुक्ति तथा सपथ ग्रहण

छहारी संवाददाता
माघ २१, २०७६

प्ररदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले बागमति प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण गराउनुभएकाे छ ।

प्रदेश खेलकुद विकास ऐन तथा नियमावलि २०७६ वमाेेजिम प्रदेश खेलकुद विकास परिषदकाे मिति २०७६/१०/७ गतेकाे निर्णयअनुसार अाज नियुक्ति तथा सपथ ग्रहण गराउनुभएकाे हाे ।

प्रदेश खेलकुद विकास परिषदकाे अायाेजनामा सञ्चालित नियुक्त तथा सपथ ग्रहण समाराेहमा १३ वटा जिल्लाका १३ जना अध्यक्ष र ५२ जना सदस्यहरुले नियुक्त तथा सपथ ग्रहण गरेका छन ।

सामाजिक विकास मन्त्री दुलालकाेअध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास निमित्त सचिव दिपेन्द्र सुवेदी तथा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीकाे अातिथ्यता रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*