आज मौसम सफा रहने अनुमान

छहारी संवाददाता
माघ २०, २०७६

आज दिउँसो पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ । भोली दिउँसो देशभका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

भोली राति देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी पहाडि भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।

देशको पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*