गण्डकी प्रदेशका सबै स्थानीय तहमा हेलिप्याड बन्ने

छहारी संवाददाता
माघ १९, २०७६

गण्डकी प्रदेश सरकारले ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारले गत वर्षको नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह एक हेलिप्याड’ कार्यक्रम प्राथमिकतामा राखेको थियो ।

सडकको सहज पहुँच नभएका दूर्गम स्थान रोजेर हेलिप्याड बनाउने सरकारको योजना रहेको छ । विपद व्यवस्थापन तथा आपत्कालिन उद्दारका लागि प्रदेश सरकारले हेलिप्याड बनाउने कार्यक्रम सुरु गरेको छ, सीआईएनमा खबर छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारको नीति कार्यान्वयनमा आएको जानकारी दिनुभयो । मन्त्री लम्सालका अनुसार सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५÷७६ को बजेटमा करिब आठ लाख रकम विनियोजन गरेको छ ।

गतवर्ष हिमाली जिल्लामा काम सम्पन्न भएको र अब पहाडी जिल्लाहरुमा काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्दार गरी अस्पतालसम्म पु¥याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

चालु आवमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न पर्याप्त बजेट विनियोजन नभए पनि स्थानीय तहहरूसँग छलफल गरी आगामी आर्थिक वर्षमा यथेष्ट बजेट विनियोजन गरिने मन्त्री लम्सालले जानकारी दिनुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*