यो वर्ष धान उत्पादन घट्यो

छहारी संवाददाता
माघ १९, २०७६

सरकारले यो वर्ष धानको उत्पादन घटेको निष्कर्ष निकालेको छ ।

गत वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ४५ हजार मेट्रिक टनले धान उत्पादनमा कमी आएको सरकारले जनाएको छ, सीआईएनमा खबर छ ।

सरकारले ५८ देखि ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको भएपनि यो वर्ष ५५ लाख ५५ हजार मेट्रिक टन मात्रै धान उत्पादन भएको हो कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा.युवक ध्वज जिसीले जानकारी दिनुभयो ।

उहाँले गरिमा धानमा लागेको फौजी किरा र पर्याप्त सिँचाई नपुगेका कारण सोचे अनुसारको धान उत्पादन हुन नसकेको बताउनुभयो । धान उत्पादन बढाउन ठूलो परिमाणको खेतिमा जोड दिने, धानको समर्थन मूल्य लगायतका विषयमा सरकारले काम गरिरहको उहाँले बताउनुभयो ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*