आज २३ औं विश्व सिमसार दिवस 

छहारी संवाददाता
माघ १९, २०७६

आज २३ औं विश्व सिमसार दिवस 
आज २३ औं विश्व सिमसार दिवस, ‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस मनाइँदैछ ।

सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै सिमसारको महत्व र मूल्यबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित विश्व सिमसार दिवस मनाउने गरिन्छ ।

सन् १९९८ देखि प्रत्येक वर्ष नयाँ नारा कोर्ने गरिएको छ । राष्ट्रिय सिमसार नीति २०१२, पाँचवर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अग्रसरतामा नेपालमा सिमसार क्षेत्रको संरक्षणको प्रयास भइरहेको विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिनुभयो । सीआईएन
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*