बेटी पढाउ, बेटी बचाउ अभियानलाई अब तीन लाख 

छहारी संवाददाता
माघ १८, २०७६

प्रदेश दुइको सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम तीन लाख पु¥याएको छ ।

२०७५ माघ एक गतेपछि जन्मेको छोरीको एक लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले यस रकमलाई तीन लाख पु¥याएको हो । सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ एक गते पछि प्रदेशमा जन्मिएकी छोरी अब तीन लाख पाउने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले स्थानीय सरकारलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै स्थानीय सरकारले सहयोग गरेमा यो रकम लाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएको बताउनुभयो । छोरी शिक्षा बिमा अन्तर्गत हालसम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ ।

विमा गराइसकेका छोरीले समेत यो सुविधा पाउने भएका छन् । यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा एक देखि आठ सम्मका छात्रालाई प्रति महिना पाँचसय दिने आफूहरुको योजना रहेको र यसै आर्थिक वर्षदखि परिक्षण कार्यक्रमकारुपमा शुरु गरिने जानकारी समेत गराउनुभयो ।

मुख्यमन्त्री राउतले जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी दिनुभयो ।

आजै सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ । सीआईएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*