यौन हिंसाको उजुरी परेपछि एसएसपी शौरभ राणा निलम्बित

यौन हिंसाको उजुरी परेपछि गृहमन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई निलम्बन गरेको छ ।
संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई आज मन्त्रालयले निलम्बन गरेको हो ।
एसएसपी राणाले यौन हिंसा गरेको उजुरी परेपछि अनुसन्धानका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको हो ।
बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुन सक्ने भन्दै राणालई निलम्बन गरिएको गृहमन्त्राले जनाउको हो । सीआइएन







