दुर्लभ वन्यजन्तु गैंडाको खागसहित २ जना पक्राउ

छहारी संवाददाता
माघ १७, २०७६

गैंडाको खागसहित २ जना पक्राउ प्रहरीले काठमाडौंको चावहिल क्षेत्रबाट दुर्लभ वन्यजन्तु गैंडाको खागसहित २ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अनुसन्धान महाशाखाको टोलीले गैंडाको खाग कारोबार गर्ने चावहिलका ४६ वर्षका लब खत्री र बाजुरा बुधिगङगा घर भै हाल काठमाडौंको कपन एकताबस्ती बस्ने २२ वर्षका दिनेश थापालाइ पक्राउ गरेको हो । 

उनिहरुले अवैध रूपमा ल्याएको १ थान गैंडाको खाग   २५ लाखमा बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी प्रवक्ता एसपि मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*