बागमती प्रदेश: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता

छहारी संवाददाता
माघ १७, २०७६

बागमती प्रदेश सरकारले अघिल्लो बर्ष सञ्चालन गरेको मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । यस वर्ष मन्त्रालयले प्रदेशका १२ जिल्लाका अस्पतालमा माघ महिनाबाट मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम गर्न लागेको हो । 

सामान्य स्वास्थ्य अवस्था रहेका ३० देखि ६० वर्ष उमेर समुहका व्यक्तिहरूले समयमै नसर्ने रोग पहिचान गरि उपचार गराउन् भन्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

बागमती प्रदेश सरकारले गतवर्ष हेटौँडा, धादिङ, भक्तपुर, चितवन जिल्लाका अस्पताल मार्फत ७ हजार ५ सय जनाको स्वास्थ्य परीक्षण गरेको थियो, हेल्थपोस्टमा खबर छ ।

यस वर्ष कार्यक्रमलाई परिवर्तन गर्दै प्रदेशका २५ हजार जनतालाई निशुल्क र ७५ हजारलाई २५ प्रतिशत छुटमा स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने तयारी गरिएको मन्त्रालयका निति योजना जनस्वास्थ्य महाशाखा प्रमुख सतीश बिष्टले जानकारी दिनुभयो । 

यस कार्यक्रमका लागि पहिलो चरणमा २३ लाख बिनियोजन गरिएको र सम्बन्धित अस्पतालका स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधीहरूलाई सहजीकरण समेत गरिएको उहाँले बताउनुभयो । 

हेटौंडा उपमहानगर पालिकाका १९ वटा वडामा ४ सय ७५ जनालाई निशुल्कतथा २ हजार ३ सय ४० जनालाई २५ प्रतिशत छुटमा परीक्षण सेवा दिने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । 

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्र्तगत नसर्ने रोगहरू, दमखोकी, पिसाबको जाँच, रगतमा चिनीको जाँच, कलेजोको जाँचलगायत १६ प्रकारका जाँच गरिन्छ । 

यस वर्ष विपन्न, महिला स्वयंसेविका, लोपोन्मुख जाति, द्वन्द्व पीडित घाइतेहरू गरी पाँच समुहका व्यक्तिहरूलाई निशुल्क परीक्षण गर्ने तयारी मन्त्रालयको छ । 

सरला अधिकारी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*