५५ वर्षिय बृद्वालाई सामुहिक वलात्कार

महिलाहरुकै पहिरनका कारण समाजमा बलात्कारका घटना हुने गरेकाे भन्ने वाैदिकवर्गहरुकाे साझा वुझाई अाईरहँदा दिनानुदिन नावालिकादेखि बृद्दा महिलाहरु समेत वलात्कृत भएकाे पाईएकाे छ ।
गएसाँँझ चितवन जिल्लाकाे माडीको सितलपुरमा एक बृद्धालाई सामुहिक बलात्कारको घटना भएको छ ।
माडी नगरपालिका वडा नं. २ निवासी बोल्न नसक्ने लाटी तथा सुस्त मनस्थितिकी एक ५५ बर्षीया महिला (परिचय गोप्य) लाई स्थानीय तीनजना युवाहरुले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा माडी प्रहरीले माडी नगरपालिका वडा नं. ४, सितलपुर निवासी बर्ष १८ का सन्दीप भण्डारी, बर्ष २८ का रमेश सारुमगर र बर्ष २५ का शुरेस चापागाईंलाई पक्राउ गरेको छ ।
उनीहरुले पुजामा गई फर्किरहेकी बृद्धालाई साँझपख एकान्तमा रहेको खोलाछेउमा लगी बलात्कार गरेको प्रहरीले जनाएको हो ।
करणी गरिरहेको अवस्थामा पीडित बृद्धाका दाजुले देखेपछि सन्दीप भण्डारीलाई पक्रेका थिए भने बाँकी दुइजना भाग्न सफल भएका थिए । लगत्तै घटनास्थल पुगेको प्रहरीले अन्य दुईलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।







