सोलिड्यारिटी शैक्षिक पत्रकारिका पुरस्कारबाट सरिता दहाल सम्मानित हुने

पत्रकार महासंघ नेपाल मकवानपुर शाखाकि उपाध्यक्ष सरिता दहाल यसबर्ष सोलिड्यारिटी शैक्षिक पत्रकारिका पुरस्कारबाट पुरस्कृत हुनुहुनेभएकाे छ ।
पत्रकारिता बिषय नै अध्ययन गरेर करिव डेढ दशकदेखि निरन्तर रूपमा पत्रकारितामा लाग्नुभएकाे सरिता दहालले लामाे समयदेखि अाफ्नै एकल पहलमा जिल्लाकै क वर्गकाे सहिखवर साप्ताहिक पत्रिका प्रकाशन सम्पादन गर्दै अाउनुभएकाे छ ।
महिला पत्रकारहरुकाे अग्रपंतिमा रहनुभएकाे दहाल संचारिका समूह नेपालकाे वाग्मति प्रदेश संयाेजक समेत हुनुहुन्छ । उहाँ विभिन्न अन्य संचारमाध्यममा समेत क्रियाशिल हुनुहुन्छ ।
शिक्षा क्षेत्रको विकासमा पत्रकारिता मार्फत गरेको योगदानको कदर गर्दै उहाँलाई पुरस्कृत गर्न लागिएको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौँडाका साहायक प्रधानाध्यापक एस.के निधनले बताउनुभयाे ।
दस हजार राशीको पुरस्कार माघ १७ गते हुने अभिभावक दिवसको दिन प्रदान गरिने विधालयले जनाएकाे छ ।







