राष्ट्रपति बिद्यादेवी भण्डारी मंगलबार हेटौंडा आउने

राजनितिक परिवर्तनका लागि लोकतान्त्रीक आन्दोलनमा महत्वपुर्ण योगदान गरेका चार राष्ट्रिय नेताको सालिक अनावरणका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मंगलबार हेटौंडा आउनु हुने भएको छ ।
सहिद स्मारक विकास समितिले स्मारक हाता भित्र प्रजातान्त्रीक पार्कमा निर्माण गरेको चार राष्ट्रिय नेताको पुर्णकदको शालिक अनावरण सहित सहिद दिवसमा आयोजित कार्यक्रममा सहभागि हुन राष्ट्रपती भण्डारी हेटौंडा आउने हुनुभएको हो ।
सोमबार पत्रकार सम्म्मेलनको आयोजना गर्दै सहिद स्मारक रजत जयन्ती समितिका संयोजक रामेश्वर रानाले राष्ट्रपती आउने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो ।
सहिद सप्ताहको अवसरमा स्मारक विकास समितिको आयोजनामा स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्मित चार पुर्ण कदको शालिक, स्मारकको २५ औ रजत जयन्ती स्तम्भ, स्मारिका लोर्कापण गर्ने उहाँले जानकारी दिनुभयो ।
समितिले राष्ट्रपति सहित नेपाली काग्रेसका सभापती शेरवहादुर देउवा, संस्कृती, पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराई सहित विभिन्न देशका राजदुतहरु आउने कार्यक्रम रहेको बताइएको छ ।
स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ ।
राष्ट्रपती भण्डारीले जननेता मदनकुमार भण्डारीको शालिकमा माल्यापर्ण गर्ने सहित स्मारकमा एकै ढुङगामा १२ शहिदहरुको प्रतिमा कुद्ने कमलेश महर्जन, गोबिन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मान गरीने संयोजक रानाले जानकारी दिनुभयो ।







