अज्ञात समुहद्वारा जिल्लामा तीन वटा एनसेलकाे टावर ध्वस्त

मध्यरातमा मकवानपुरमा रहेका तीन वटा एनसेलका टावरमा अज्ञात समुहले अागजनि गरेका छन ।
अज्ञात समूहले हे उ म न पा १५ रातोमाटेमा रहेको एनसेलको GNAR 209 को टावर, मनहरी गाउपालिका २ हाँडी खोला स्थितमा रहेको एनसेल टावर नं GNAR 465 र भीमफेदी गाउपालिका २ देउराली स्थित मा रहेको एनसेल टावर नं GNAR 109 मा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरिका अनुसार देउरालीमा रहेको टावरकाे जेनेरेटर विद्युत मीटर सबै केबल हरु र BTS battery पूर्ण रूपमा क्षति भएको र त्यसैगरी रातो माटेमा रहेको टावरकाे केबल तार हरु मात्र जलेको र हाँडी खोला को जानकारी आउन बाकी रहेकाे जानकारि अाएकाे छ ।







