प्रदेशसभामा दुईओटा विधेयक पेश

बागमती प्रदेशको प्रदेशसभा बैठकमा आइतबार दुई विधेयक पेश भएका छन् ।
प्रदेशको राजधानी र नामकरणपछि बसेको पहिलो बैठकमा प्रदेश सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश भएको हो ।
मूख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले सुशासनसम्बन्धी विधेयक पेश गर्नु भएको थियो ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले दुग्ध विकास बोर्ड संशोधन विधेयक पेश गर्नु भएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार विहान ११ः३० बजे बस्ने भएको छ । जनपत्र







