गाजा तस्करले चलाएकाे सरकारि एम्वुलेन्स नियन्त्रणमा

विरामि मात्र हाेईन गाँजा पनि अाेसार्छ सरकारी एम्वुलेन्सले सुन्दा अचम्म लाग्न सक्छ । रौतहटको डुमरिया नगरपालिकाकाे डुमरिया स्वास्थ्य चाैकिकाे बा २ झ १७४९ नम्बरको एम्बुलेन्स गाँजा सहित पक्राउ परेकाे छ ।
एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका वडा नम्बर ९ बस्ने ३९ बर्षीय महमद खलिद र एम्वुलेन्समा सवार डुमरिया–४ का १९ बर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ बर्षीय विनोद सहनी रहेका छन् ।
चालकले एम्वुलेन्सकै माध्यमवाट अवैध लागू अाैषध अाेसार पसार गर्न मात्र प्रयाेग गर्ने गरेकाे वुझिएकाे प्रहरिले जनाएकाे छ । यसमा ठुलाे संजाल समेत संलग्न रहन सक्ने हुँदा थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले वताउनुभयाे ।
चितवनवाट फर्किरहेकाे अवस्थामाा ईलाका प्रहरी कार्यालय नेवारपानीमा जाँच गर्दा एम्वुलेन्सवाट ३ वटा झोलामा ६ वटा पोका बनाई लुकाई राखेको ३० किलो ६ सय ग्राम लागुऔषध गाँजा सहित ९१ हजार रुपैँया र २ हजार २ सय भारतीय रुपैँया समेत बरामद गरेको अाज पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाएकाे छ ।
लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाही अघि
गएकाे साँझ गाँजा तस्करहरु सहित सरकारि एम्बुलेन्स नै गाँजा ओसारपसार गरेको विषेश सुचना पश्चात प्रहरीले चेक गरिबढाउदा निजहरुलाई ऐन अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान रहेको छ







