सिटामाेलकाे अभावमा हुम्लामा ५ जनाकाे मृत्यु

छहारी संवाददाता
माघ १२, २०७६

भारि हिमपातका कारण चिसाे वढेपछि रुघाखोकी र ज्वरोको संक्रमणबाट हुम्लाका ५ जनाको मृत्यु भएकाे छ

हुम्लाकाे चंखेली गाउँपालिकामा रुघाकोखीको संक्रमण भएका व्यक्तिलाई खुवाउने सिटामोल समेत नभएपछि ५ जनाको मृत्यु भएको हाे ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले सदरमुकामवाट चंखेलिमा पुग्न मात्रै करिव तीन दिन लाग्ने गरेकाे र उक्त स्थानमा अाैषधिकाे समेत अभाव रहेकाे र अाैषधिकै अभावमा मृत्यु भएकाे जानकारि गराउनुभयाे ।

रुघाकोखी तथा ज्वरोको औषधि समेत नपाएर मानिसको मृत्यु भएपपछि उक्त स्थानमा स्वास्थ्यकर्मिकाे टाेलि पठाउनुकाे साथै जिल्ला प्रशासन कार्यालय हुम्लाले केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशलाई पनि औषधि पठाउन आग्रह गरेको सहायक प्रमुख हमालले बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*