लारिन लामा (सिन्तान) को अन्त्येष्टी अाज थाहा नपाकाे ऋषेस्वर लगिदै

छहारी संवाददाता
माघ १०, २०७६

भीमफेदी गाउँपालिका २ चुनियाँ, उर्गेन याङफेल लिङ बौद्ध गुम्बाका प्रमुख लामा लारिन लामा (सिन्तान) को अन्त्येष्टी अाज थाहा नपाकाे ऋषेस्वर क्षेत्रमा लगिदै छ ।

बुधबार गुम्बामै श्रद्धाञ्जली कार्यक्रम गरिएको थियाे भने विहीबार लामा जित दोर्जे लामाको संयोजकत्वमा पूजा पाठ (छ्वा, म्हार्मेन, माणिमोलाम) गरेकाे थियाे ।

गुम्बाले अाज माघ १० गते चुनियाँ गुम्बाबाट शव यात्रा सहित ऋषेश्वरमा पुगेर अन्त्यष्टी हुने जनाएकाे थियाे ।

लामाको मंगलबार उपचारका क्रममा गंगलाल हृदयरोग केन्द्र, काठमाडौंमा निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*