मानस चाेकमा शंकास्पद वस्तु फेला

छहारी संवाददाता
माघ १०, २०७६

 अाज हेटाैडा २ स्थित मानसचोकमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ । विहान करिव ११ वजेकाे समयमा स्थानीयले देख्ने बित्तिकै प्रहरीलाई खबर गरेको थियो ।

उक्त वस्तु बम रहेको आशंका गरिए पनि के हाे भन्ने कुरा भने खुलेकाे छैन ।

वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलि अहिले घटना स्थलमा रहेपनि उक्त शंकास्पद वस्तु डिस्पोजल गर्ने टोलि आउँदै गरेको जानकारी प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*