भारतीय पर्यटकको मृत्युका विषयमा छानबिन गर्न समिति गठन 

छहारी संवाददाता
माघ ९, २०७६

सरकारले दामनको एक रिसोर्टमा आठ जना भारतीय पर्यटकको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।

पर्यटन विभागले हिजो सूचना जारी गरेर घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको हो ।

विभागको होटल शाखाका निर्देशक शुरेन्द्र थापाको संयोजकत्वमा समिति गठन भएको छ । घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्ने समितिका संयोजक थापाले बताउनुभयो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक–एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहनुभएको छ । सीआईएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*