जेष्ठ नागरिकहरुलाई आश्रम होइन परिवारमै स्थापित गर्नुपर्छः मुख्यमन्त्री पौडेल  

छहारी संवाददाता
माघ ८, २०७६

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बृद्धाश्रमहरुले जेष्ठ नागरिकहरुलाई परिवारमै स्थापित गराउने वातावरण बनाउनु पर्ने औंल्याउनु भएको छ ।

आज हेटौंडामा भएको राष्ट्रिय ज्येष्ठ नागरिक महासँघको वृद्धाश्रम तथा दिवा सेवा केन्द्रहरुको समस्या समाधान कार्यशालाको उद्घाटन गर्दे मुख्यमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले जेष्ठ नागरिक र उनका सन्तानबिच समन्वयको वातावरण बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारले बजेटसहितको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

यहि सरकारको कायअवधिमा बृद्धभत्ता ५ हजार बनाउनेमा ढुक्क हुन समेत उहाँले आग्रह गर्नुभयो । जेष्ठ नागरिकहरुले पनि आत्मबिश्वासका साथ सक्रिय जीवन बाँच्न उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा महासंघका सल्लाहकार कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गर्दै ज्येष्ठ नागरिक अस्पताल निर्माण गरिनुपर्ने, सक्रिय जीवन व्यतित गर्न चाहने ज्येष्ठ नागरिकलाई सहुलियत कर्जा लगायत कर छुटको व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा  हरेक स्थानीय सरकारले सुबिधा सम्पन्न दिवा सेवा केन्द्र तथा ज्येष्ठ नागरिक पार्कहरु निर्माण गर्नुपर्ने कार्यक्रमका सहभागिहरुको सुझाव छ ।

महासँघका अध्यक्ष मदनदास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतको उपस्थिति थियो ।

कार्यशालामा ७७ वटै जिल्लामा सञ्चालित सय भन्दा बढी वृद्धाश्रम ८८ वटा दिवा सेवा केन्द्रका सञ्चालकहरु, महासंघका पदाधिकारी तथा सदस्यहरुले अन्तरक्रियामा भाग लिएका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*